भारत विरुद्ध दमकमा अाज चेरी क्लबको प्रदर्शन

दमक/ झापाकाे दमकमा अाज विभिन्न संघ संस्थाले भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको सिमाना मिचेकोमा विरोध प्रदर्शन गरेका छन् ।

दमकमा हालै सामाजिक गतिबिधि गर्ने उद्धेश्य राखेर स्थापना गरिएको चेरी क्लब दमकको अगुवाईमा युवाहरुले दमक चोक हुँदै बजार क्षेत्र सम्म कालो पोशाक लगाएर मौन जुलुश प्रदर्शन गरेका हुन् ।
सो विरोध प्रदर्शनमा क्लबका सदस्यहरु, व्यवसायी नेता तथा केही राजनीतिक पार्टीका स्थानीय नेतृत्व समेत सहभागी थिए ।

क्लबको ब्यानरमा निस्किएको सो विरोध र्याली लगत्तै विद्यार्थीहरुको अर्को बृहत विरोध र्याली भारतीय विस्तारवाद विरुद्ध चर्का नारा लगाउँदै सडकमा निस्किएको थियो । स्वतस्फूर्त निस्किएका विद्यार्थीहरुले अतिक्रमित नेपाली भुमी फिर्ता गर्न दबाबमुलक नारा लगाएका थिए ।

Facebook Comments Box

                     

अरुपनि