स्थानीय तहका लागि आज उम्मेदवारी दर्ता हुदै

काठमाडौं / मंसिर १४ मा हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् । उम्मेदवारको सूची आजै प्रकाशन गरिने छ । भोलि उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने छ । स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिकामा मेयर, फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष, पिपरा गाउँपालिका अध्यक्ष र खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

त्यस्तै, ३७ जिल्लाका ४३ वडा अध्यक्षको पनि निर्वाचन हुँदैछ । प्रतिनिधी सभा र प्रदेश सभाका चार पदका लागि भने यस अघि नै उम्मेदवारी दर्तालगायत सकिएको छ । चार पदका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Facebook Comments Box

                     

अरुपनि