दमक ट्राफिक द्वारा ट्राफिक कम्युनिकेसन एप्स संचालन

बेनुराज प्रसाईं
दमक /दमक ट्राफिकले प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलयकाे संचार अादेश अनुसार अाज बाट लामाे दुरीका सवारी मा २ जना चालकाे अनिवार्यका लागि ट्राफिक कम्युनिकेसन एप्स संचालनमा ल्याएको छ ।

ईलाका प्रहरी कार्यलय दमकका प्रहरी नायक उपरीक्षक बिजय राज पण्डितकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा साघुराे सडक र ब्यस्त राजमार्गमा बढ्दाे दुर्घटनालाई मध्य नजर गरि लामाे दुरीका सावारी साधनमा २ जना सवारी चालक अनिवार्य ब्यवस्था गरिएकाे हुनुपर्ने ।

कानुनी प्राबधान लाई नियमन गर्ने माेबाईल एप्स ( ट्राफिक कम्युनिकेसन एप्स ) द्वारा चालककाे लाईसेन्स स्क्यान गरिने र साेहि चालकले ताेकिएकाे स्थान भन्दा बढी दुरी सवारी चलाएमा वा चालक परिवर्तन नगरेकाे पाईएमा नियम अनुसारकाे कार्वाही गरिने दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि यतायात ब्यावस्थापन समिति संयाेजक प्रजापति साप्काेटा, दमक वडा नम्वर ४ का वडाध्यक्ष कुमार साम्साेहाङ्ग, यतायात ब्यावस्थापन समिति सदस्य देउकुमार लिम्बू, मन्दरा पाैड्याल, स्वतन्त्र यातायात संघका दमक ईकाई अध्यक्ष मदन खड्का, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश प्र. गाैतम, सवारी चालक लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा उपस्थिति विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले साेकार्यकाे सफलताकाे लागि अाफु लगायत संस्थाले समेत पुर्ण सहयाेग गर्ने वताएका थिए ।

कार्यक्रमका अध्यक्ष ईलाका प्रहरी कार्यलय प्रमुख बिजयराज पाण्डेले सवारी दुर्घटनालाई न्युनिकरण गर्न अाफु हर बखत लागि पर्नेर कानुनि प्रकृयालाई चुस्त दुरुस्त राख्न अाफु तयार रहेकाे वताए ।

Facebook Comments Box

                     

अरुपनि