दमक प्रहरी प्रमुखले गरे सञ्चारकर्मीहरु संग परिचय तथा अन्तरक्रिया

दमक / ईलाका प्रहरी कार्यालय दमकको प्रमुखको जिम्मेवारी सम्हाल्न भर्खरै सरुवा भएर आउनु भएका प्रहरी नायव उपरिक्षक विजयराज पण्डीतले यस क्षेत्रको सुरक्षा मजबुद बनाउन सबै पक्षसंग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।
दमक क्षेत्रमा क्रियासिल सञ्चारकर्मिहरु संगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सोमबार उहाँले सो कुरा बताउनु भएको हो । झापा जिल्लामा पनि दमक क्षेत्र सुरक्षाका हिसाबले धेरै संबेदनसिल रहेको आफुले पाएको भन्दै यस क्षेत्रको सुरक्षा चुस्त दुरुस्त बनाउन सबैको सहयोगको अपेक्षा गरेको बताउनु भयो । आपराधिक घटना हुन नदिन र शान्ति सुरक्षा कायम गराउन दमक प्रहरी प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सुचना व्यवस्थीत बनाउन जोड दिएका थिए । कार्यक्रममा पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, सप्तरंगी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराई, हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारी, पत्रकारहरु बिष्णु सुब्बा, टिकारम उप्रेती,अनिलदेब राई बिष्णु पौडेल लगायतले पत्रकारहरुलाई तत्काल सुचना उपलब्ध गराउन सुचना अधिकारी तोक्न सुझाव दिनु भयो ।

Facebook Comments Box

                     

अरुपनि