सभामुख कृष्णबहादुर महरा राजिनामा दिन तयार

काठमाडौं / एक महिलाले पूर्वअर्थमन्त्री र हालका सभामुख कृष्णबहादुर महराले आफुमाथि ‘जवर्जस्ती’ गरेको आरोप लगाएसँगै बिकसित घटनाक्रमपछी महरा तिब्र राजनीतिक परामर्शमा लागेका छन् । यसैबीच उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका छन् । यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई आफु आवश्यक परे राजीनामा दिन पनि पछि नपर्ने बताएका छन् ।

उनी निकट स्रोतका अनुसार केहि दिन घटनाले कस्तो माहोल बनाउँछ भन्ने हेर्ने र दशैं अघि राजीनामा दिने तयारीमा उनी छन् । यौन दुर्व्यवहारमात्र होइन, उनले ती महिलालाई गाली गलौज गरेको अडियोसमेत विभिन्न ठाउँमा पुगिसकेकाले अव राजीनामाको विकल्प नरहेको उनीहरुको ठम्याई छ ।

यता महराको सचिवालयले भने उनले गरेको भनिएको यौन दुर्व्यवहारको आरोपको एक विज्ञप्तिमार्फत खण्डन गरेको छ ।   

Facebook Comments Box

                     

अरुपनि