दमक उधाेग वाणिज्य संघको नेतृत्व आजदेखि गोकुल श्रेष्ठले सम्हाल्दै

दमक/दमक उद्योग वाणिज्य संघको नवनिर्वाचित नेतृत्वलाई तत्कालिन नेतृत्वले आज विधिवत रुपमा पद हस्तान्तरण गरेको छ ।
पदहस्तान्तरण संगै गोकुल श्रेष्ठ नेतृत्वको नव निर्वाचित कार्य समिति र लेखा समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराईएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्य र संघका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा दुई चरणमा भएको कार्यक्रममा संघका अध्यक्ष ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए भने निर्वाचन समितिका दिलिप श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।
यससंगै संघको २०७३ सालमा भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिको ३ बर्षे कार्यकाल आजदेखि पूरा भएको छ । भने नव निर्वाचित टिमले संघको आगामी ३ बर्षे कार्यकालको नेतृत्व लिएको छ ।

कार्यक्रममा व्यवसायी नेताहरुले सरकारले एकपछि अर्को गर्दै निजी क्षेत्रमाथि करको भार थपेको आरोप लगाए । उनीहरुले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा संघका अध्यक्ष ढकालले आफ्नो कार्यकालमा व्यवसायिक हितकोष स्थापना गरेको, घरवेटी र व्यवसायीहरुबीचको समस्या समधानका लागि सहजीकरण गरेको , व्यवसायीहरुका विविध समस्याहरुलाई नजिक रहेर समाधानका लागि सहजीकरण गर्न भुमिका निर्वाह गरेको बताउँदै आफ्नो टिमका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।

संघद्धारा गठित पदहस्तान्तरण कार्यक्रम तयारी उपसमितिका संयोजक दिपेन्द्र ढुंगेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको पहिलो चरणको सञ्चालन संघका संघका प्रथम उपाध्यक्ष तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले गरेका थिए भने दोश्रो चरणमा निर्वाचन समिति सदस्य लीला गुरागाइँले सञ्चालन गरेका थिए । संघको निर्वाच नगत २० भदौमा सम्पन्न भएको थियो । निर्वाचनबाट संघका पदाधिकारी र सदस्यहरु तथा लेखा समितिमा समेत गरी कूल २१ जना निर्वाचित भएका थिए ।

Facebook Comments Box

                     

अरुपनि