दमकमा गुणस्तरिय दाना सम्बन्धी १ दिवसीय अन्तरक्रिया

दमक । झापाको दमकमा आज गुणस्तरिय दाना सम्बन्धी सरोकारवाला निकायहरुबीच १ दिने अन्तरक्रिया भएको छ ।
राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण ब्यवस्थापन प्रयोगशाला हरिहरभवन ललितपुरको आयोजनामा भएको अन्तरक्रियामा दाना उद्योगी ब्यबसायी र किसानहरुको सहभागिता रहेको थियो । पछिल्लो समय पशुका दानाहरु गुणस्तरहिन भएको गुनासो बढीरहेकाले दानाको ल्याब परिक्षण सहित अन्तरक्रिया गरिएको कार्यक्रम संयोजक प्राबिधिक पुष्कर नेपालले बताउनुभयो । प्रदेश १ का कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिब डाक्टर बिमल कुमार निर्मलको प्रमुख अतिथ्यतामा भएको सो अन्तरक्रियामा बरिष्ठ पशु बिकास अधिकृत सुमिन्द्र यादब, पशु बिकाश अधिकृत डाक्टर नजुमा जोशी, भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र झापाका डाक्टर गंगाराम यादबले कार्यपत्र सहित कार्यक्रमको सहजीकरण गनुृभएको थियो । साथै किसान र ब्यबसायीहरुले ल्याएको दानाहरुको नमुना परिक्षण गरि गुणस्तर निर्धारण गरिएको थियो । राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण ब्यवस्थापन प्रयोगशाला हरिहरभवनले हिजो बुधबार भद्रपुरमा अन्तरक्रिया गरेको थियो भने भोली शुक्रबार शुनसरीको इटहरीमा कार्यक्रम गर्ने जनाइएको छ ।

Facebook Comments Box

                     

अरुपनि