गायक थेगिमकाे उपचारमा सहयोग जुटाई दिन परिवारकाे अपिल

दमक,/झापा दमक–१ निवासी युवा उद्यमी तथा व्यवसायी मोहन थेगिम अर्थात मोहन सम्सेर मेयोङ्बा लिम्बु । इलाम चुलाचुली–३ पेल्टिमारी निवासी गायक तथा युवा व्यवसायी मोहन थेगिम दमक–१ कुमाल चौकमा फर्निचर उद्योग सञ्चालन गर्दै गीतसंगीतको क्षेत्रमा रहेर कार्य गर्दै सामाजिक सेवामा समर्पित छन् ।

उनै, मोहन थेगिम यतिवेला शारिरिक रुपमा विभिन्न रोगहरुसँग लडिरहेका छन् । थेगिम गत पुसदेखी शारिरिक रुपमा कमजोर छन् । बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारत छन् । थेगिमलाई लिभर, मुटु र फोक्सोमा समस्या देखिएको उनका उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।

उनी लामोसमयदेखी जण्डिसले थलिएका थिए । आफ्नो व्यवसायसँगै सामाजिक क्षेत्रमा कार्य गर्न रुचाउने थेगिम झापा दमक लगायत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संख्खुवासभा लगायतका क्षेत्रमा हुने साँगीतिक कार्यक्रमहरमा अक्सर पुग्ने गर्दथे । र, आफ्नो प्रस्तुतीहरु समेत दर्शक तथा स्रोताहरुबीच प्रस्तुत गर्ने गर्दथे तर पछिल्लो दिनहरुमा उनी आफ्नो स्वास्थ्यमा समस्या भएपछी व्यवसायमा मात्र सिमित थिए ।

दुई छोरा र एक छोरीका बुबा मोहन थेगिम बेलडाँगी रोड दमक–१ कुमाल चौकमा शर्मिला फर्निचर उद्योगका प्रोपाइटर हुन् । उनका श्रीमती शुभद्राका अनुसार परिवारको मुख्य आय श्रोत भनेकै फर्निचर उद्योग हो । यहि फर्निचर उद्योग पनि आजभोली राम्रोसँग सञ्चालन हुन सकिरहेको छैन् । उद्योगमा हाल, तीन जना कालिगर्डहरु कार्यरत छन् । घरको मुख्य जिम्मेवार मान्छे अस्पतालमा थलिएर बसेपछि उद्योगको अवस्था आजभोली कमजोर बन्दै गएको थेगिमका श्रीमती शुभद्राले बताईन् ।

शुभद्राका अनुसार गएको पुसदेखी दमकको
अस्पताल हुदै धरान र भारतको सिलगुढीसम्म आवत–जावत गर्दा गर्दा रु ४ लाख बराबार खर्च भइसकेको र हाल एक महिनादेखी बिराटनगरको नोवेल मेडिकलमा बस्दा रु एक लाख पचास हजारसम्म खर्च भइसकेको छ । उनले आफुहरुको आर्थिक अवस्था कमजोर भएको र आम्दानीको मुख्य स्रोत फर्निचर व्यवसायै हाल चल्न नसकेको कारण श्रीमानको उपचारमा समस्या उत्पन्न भएको बताइन् ।

एउटै मात्र होइन, तीन–चार प्रकारका रोगले ग्रसित छन, शुभद्राले भनिन्ः आफ्नो घरायसी अवस्था कमजोर छ । फर्निचर उद्योग बाहेक अरु गतिले आय स्रोत आफुहरुसँग केही छैन् । चुलाचुलीस्थित आफ्नो घरमा जमिन समेत खेती योग्य नभएको र धेरै दाजुभाईहरुबीच अशं समेत नभएकोले उपचारमा सहयोग माग्नुको विकल्प नभएको उनको भनाई छ ।

यतिका समय आफ्नै क्षमताले भ्याएसम्म उपचार गर्यौ तर अगामी समयमा उपचार गर्न सक्ने सामाथ्र्य आफुसँग नभएकोले सहयोगको आशा गरेको शुभद्राले बताईन् । उनले आफ्नो श्रीमान अरुलाई आपत वा विपतमा सहयोग गर्न औधी रुचाउनु हुने र सामाजिक सेवामा समर्पित हुने गरेको भन्दै यस्तो अवस्थामा मोहन थेगिमलाई पनि सहयोग हुनेमा आशा व्यक्त गरिन् ।

सकारात्मक सोच र बिचार राख्ने थेगिम समाजमा सकारात्मक कार्य गरौ भन्ने बिचार राख्ने गर्छन् । ४० वर्षिय मोहन थेगिमका बयोबृद्ध बुबा सिंह बहादुर छन् । उनका आमा केही बर्षअघि निधन भइसकेका परिवार स्रोतले जानकारी दिए ।

हाल, चुलाचुली–३ का पुष्पराज आङ्दम्बेको नेतृत्वमा गायक तथा व्यवसायी मोहन थेगिम बचाउ अभियान संञ्चालन भइरहेको छ । आङदम्बे स्थानीय चुलाचुली टोल विकासका अध्यक्ष हुन् । सामाजिक क्षेत्रमा सक्रिय पुष्पराज आङदम्बेका अनुसार थेगिमका उपचारमा पहिलो चरणमा स्थानीय गाउँघरमा सहयोग संङ्कलन कार्य भइरहेके बताए । सो क्रममा संङ्कलित रु ५० हजार बढी पीडित परिवारलाई हस्तान्त्रण गरिसकेको आङ्दम्बेले बताए ।

त्यसैगरी, थेगिमको उपचारमा सहयोग संङ्कलन कार्यलाई त्रीब र प्रभावकारी बनाउन गायक तथा संगीतकार दीपकमल चेम्जोङले संयोजनकारी भुमिका देखाइरहेका छन् । पारिवारिक नाताले ज्वाई जेठान पर्ने चेम्जोङले नविल बैंकको खाता नम्बर २२१००१७५०४४३० मा समेत सहयोग जम्मा गर्न सकिने व्यवस्था गरिएको जनाए ।

सहयोग सम्बन्धी थप जानकारीका लागि थेगिम बचाउ अभियान संयोजक पुष्पराज आङदम्बे ९८२४०५७५५६, दीपकमल चेम्जोङ ९८०९११७९९३ र पीडित मोहन थेगिम ९८१४३६६९५४ मा सम्पर्क गर्न सकिने छ ।

यता, गायक तथा युवा व्यवसायी मोहन थेगिमले जीवनमा अझै केही राम्रो र असल काम गर्ने रहर भएको बताए । उनले हाम्रोसरोकारसँग टेलिफोनमा कुरागर्दै जीवनमा धेरै ठूल–ठूला समस्याहरुले बाँधे पनि त्यसलाई सहज ढंङ्गले खुशी र सुखी जीवन यापन गरिरहेको बताए । उनले आफ्नो समस्यामा साथ र सहयोग गर्नुहुनेहरुलाई धन्यवाद दिदैं थप सहयोग जुटाइदिन आग्रह समेत गरेका छन् ।

Facebook Comments Box

                     

अरुपनि