शिवसताक्षीमा लाइन्स क्लव अफ शिवसताक्षीकाेे पद हस्तान्तरण

शिवसताक्षी / झापा शिवसताक्षी स्थित लाइन्स क्लव अफ शिवसताक्षीले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

शिवसताक्षीको दूधेमा एक कार्यक्रमको आयोजना गरी वर्ष २०१८ –२०१९ चार्टर प्रेसिडेन्ट यामनाथ काफ्लेले वर्ष २०१९–२०२० का प्रेसिडेन्ट सन्तोष थोप्रालाई आफ्नो पद हस्तान्तरण गरेका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर इन्द्रबहादुर खत्रीले पद हस्तान्तरण गराएका थिए ।

पदहस्तान्तरण पछि प्रेसिडेन्ट सन्तोष थोप्राले लान्यस क्लबले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकाल भरी यहाँका सामाजिक काममा सक्रिय रहेर कामगर्ने बताए । पहिलो चरणमा दूधे शिवगञ्ज सडकमा बजार क्षेत्र भरी १ सय २५ ओटा गमला राखी फूल रोप्ने कार्यक्रम रहेको बताए। जसले बजार सुन्दर र दूर्घटना न्यूनिकरणमा टेवा पुग्ने उनको भनाई थियो । भौगोलिक दृष्टिकोणमा अति विकट मानिएको इलामको दक्षिणी भेग लोसेका बासिन्दालाई निशुल्क स्वास्थ्य शिविर चलाई सेवा पुर्याउने समेत प्रेसिडन्ट थोप्राले जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद झलकसिंह दर्लामी र शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले प्रसिडेन्ट सन्तोष थोप्रालाई सफल कार्यकालको शुभकामना दिएका थिए । उनीहरुले नगर विकासमा लाइन्स क्लबको पनि महत्वपूर्ण भूमिका रहने बताए ।  कार्यक्रममा अन्य छिमेकी लान्यस क्लबका प्रेसिडन्ट, सामाजिक संघ संस्थाका प्रतितिनिधी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव गणेश घिमिरेले गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि