अब सरकारले डेङ्गु रोगको उपचार निःशुल्क गर्ने

काठमाडौं । सरकारले डेङ्गु रोगको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देेशन दिएको हो ।

एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले निर्देशन दिएको हो । अहिले अस्पतालमा २४ जना डेङ्गु रोगका बिरामी उपचारत छन् ।

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अस्पतालको निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने डेङ्गु रोगका बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र त्यहाँ गएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिनुभएको छ ।डेङ्गु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको सरकारले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि