दमक बाणिज्य संघमा अध्यक्षमा लोकतान्त्रिक समुहका श्रेष्ठ बिजयी
दमक/ दमक उद्योग वाणिज्य संघको निर्वाचनको जारी मतगणना अनुसार संयुक्त लोकतान्त्रिक व्यवसायी समूह तर्फका अध्यक्षका उम्मेदवार गोकुल श्रेष्ठ जितको नजिक पुगेका छन् । खसेको कुल २३६० मत मध्ये बाकी २६० मतको परिमाण नआउदै श्रेष्ठले कायम राखेको अग्रताले उनी जितको नजिक पुगेका हुन् । श्रेष्ठको अग्रता ४३८ रहेकाले प्राविधिक रुपमा घोषणा गर्न मात्र बाकी रहेको वतार्ईएको छ ।
जारी २१ सय गणनामा श्रेष्ठले आफना प्रतिद्धन्दी प्रगतिशिल समूहका विमल खतिवडालाई ४३८ मतको अन्तरले अग्रता कायम राखेका हुन् । श्रेष्ठले १२५५ ल्याएका छन् भने खतिवडाले ८१७ मत ल्याएर पछ्याईरहेका छन् ।
प्रगतिशीलले पदाधिकारीको वरिष्ठ उपाध्यक्षमा भने आफनोृ अग्रता कायम राखेका छन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा प्रगतिशिल तर्फका उम्मेदवार गोपाल गुरागाईले ११३१ ,लोकतान्त्रिकका सुरज आचार्य ९०५ , प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्काले १०७६ , प्रगतिशिलका युवराज घिमीरेले ९५१, द्धितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्गयाले ९०० , प्रगतिशिलका घनश्याम खनालले ८१५ ,स्वतन्त्र टिका प्रसाईले ३०८ मत प्राप्त गरेका छन् । यस्तै तृतीय उपाध्यक्षमा लोकतान्त्रिककी रमा लिम्बुले १०७० र प्रगतिशिलका ज्ञानु पौडेलले ९४५ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जनाएका छन् ।
वस्तुगत २२०० मत गणना गर्दा गायत्री पौडेल (सन्तोष १२०५, दिनेश सुबेदी ११११, तिलबहादुर डाँगी (तिलक) ७२०, तोयानाथ अधिकारी (राजेश) १०८६ ,दिनेशप्रसाद सुवेदी ११११,प्रकाश नेपाल ८३२ , भेनस श्रेष्ठ १०७४ ,मोहन ढकाल १२२३ ,राधाकृष्ण आचार्य ८२२ ,रिङ्गकुमार आचार्य १०७८ र रुवल अधिकारीले ११०९ मत पाएका छन् ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता