प्रदेश १ काे नाम किरात राख्न दबाब

काठमाडौं, १७ भदौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले प्रदेश १ नाम किरात राख्न दबाब मुलक कार्यक्रम गर्ने भएको छ ।

मोर्चा केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशीलहुने निर्णय गरेको हो । प्रदेश संसदमा दवाव दिने उदेश्यले भेटघाट, अन्तरक्रिया, सांस्कृतिक तथा सभाहरु गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किराती ९बासु०ले बताए ।

मोर्चाले यस अघि पनि नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बृहत अन्तरक्रिया गर्नुको साथै प्रदेश प्रमुख गोविन्द लिम्बू, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रतिपक्ष दलका नेता र सांसदहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।
प्रदेशको नाम किरात राख्न छलफल तथा दवाव दिने उदेश्यले संविधान दिवसको अवसर पारेर अशोज ४ गते काठमाडौं र सुनसरीमा किरात सांस्कृतिक सभाको आयोजना गर्ने निर्णय भएको मोर्चाको महासचिव अर्जुन किरातीले बताए ।

शनिबार ९भाद्र ७० गते बसेको बैठकले उत्पीडित समुदायको आरक्षण लोक सेवा आयोगले कटौती गरेको प्रति भ्रत्सना गर्दै सामुदायिक अधिकार स्थापनाको हुने आन्दोलनमा मोर्चा सहभागि हुने निर्णय भएको छ ।

दुई पार्टी एकतापछि किराती मोर्चाको भूमिका र संगठनको कार्यदिशा निर्धारण गर्न प्रतिवेदनसहित नाराको बारे समेत छलफल भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि रहनु भएको पार्टी केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक सुरेश आले मगरले पहिचानको संघर्ष अझै जारी रहेको बताए । उत्पीडित समुदायको अधिकार स्थापनाको लागि पार्टी भित्र अन्तर संघर्ष जारी रहेको बताए ।

त्यसैगरी पार्टी केन्द्रीय सदस्य तथा मोर्चा इन्चार्ज शुरेस राई ९हिमाल०ले पहिचानको आधारमा नाम राख्न दवावको साथै विकास र संमृद्धि लागि लाग्नुपर्ने बताए ।

Facebook Comments Box

                     

अरुपनि