प्रधानमन्त्रीओलीको छैटौंपटक प्लाज्माफेरेसिस गरियो
२०७६ भाद्र १७, मंगलवार ०१:४१
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ ।
१२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया शुरु भएको हो ।
प्राप्त जानकारीअनुसार दिन बिराएर गरिराखिएको रगत शुद्धीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार समाप्त हुनेछ ।
यसअघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने कुरा भए पनि शनिबारसम्म लाग्न सक्ने एक चिकित्सकले बताए । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।
Facebook Comments Box
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता