ब्रमहकुमारीकाे आज आफ्नो २४ औ बार्षिक उत्सब कार्यक्रम सम्पन्न
दमक । ब्रमहकुमारी राजयोग सेवा केन्द्र दमकले आज आफ्नो २४ औ बार्षिक उत्सब तथा अलौकिक नामाकरण कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको दमक ५ मा २४ बर्ष अगाडी स्थापना भएको यस ब्रमाहकुमारी राजयोग सेवा केन्द्रले आइतबार धुमधामका साथ आफ्नो बार्षिक उत्सब मनाएको हो । उत्सबको प्रमुख अतिथी संघीय सांसद महेन्द्राकुमारी लिम्बु, नगर उपप्रमुख गिता अधिकारीले संयुक्त उद्घाटन गर्नुभयो । स्वास्थको लागी योग, शान्तीको लागी योग भन्ने मुख्य उदेश्यका साथ स्थापना भएको यस सेवा केन्द्रले छोटो समयमानै धेरै काम गर्न सफल भएको बताइएको छ । सोही अवसरमा दमक २ निवासी ३९ बर्षिय बालब्रम्हचारी यामनाथ अधिकारीको अलौकिक नाम नामकरण गरिएको छ । उनलाई आजकै दिन देखि बिबेक भनेर अलौकिक नामाकरण गरेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र प्रदेश १ की संचालिका गिता दिदीले घोषणा गर्नु भएको हो । बिबेक १४ बर्ष देखि यस सेवा केन्द्रमा बालब्रम्हचारीका रुपमा रहदै आएको बताइएको छ । बिभिन्न भजन, सत्संग, नृत्य प्रस्तुत गरिएको सो कार्यक्रममा समाजसेबी राम थापा, हिमशिखर मिडिया ग्रुपका अध्यक्ष ध्रुब न्यौपाने लगायत यस केन्द्रमा आबद्ध बिभिन्न स्थानका भक्तजनहरुको सहभागिता रहेको थियो । भारतको राजिस्थानमा मुख्य कार्यालय रहेको यस सेवा केन्द्रको दमक लगायत नेपालका बिभिन्न शहरहरुमा पनि सेवा केन्द्र रहेको जनाइएको छ ।
अरुपनि
भाेलीबाट बिधालय बन्द गर्नु पर्ने नत्र लकडाउनकाे घाेषणा गर्ने : डा. जागेश्वर गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका
सकेसम्म लकडाउन नगर्ने पक्षमा सरकार: पर्यटन मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्। नेपाल पर्वतारोहण
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
कोरोना संक्रमितकाे संख्या एक्कासि यसरी बढ्याे
काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६०
धुलिखेल अस्पतालमा काेराेनाका कारण एक पुरुषकाे मृत्यु
काभ्रेपलाञ्चोक / निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा