स्वर्णलक्ष्मी शाकोसको १० औ साधारणसभा सम्पन्न

दमक,१४ भदौ / दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले पुरस्कार तथा सम्मानसहित आफनो १० औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रम गरि उत्कृष्ठ कारोवार गर्ने सदस्य,एसईईमा उत्कृष्ठ हुने दुई विद्यार्थी तथा पत्रकार सम्मान गरि आफनो साधारणसभा सम्पन्न गरेको हो ।
दमक नगरपालिकाका प्रमुख रोमना ओलीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष रवि न्यौपानेले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन वन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक कमल राज घिमीरेले जानकारी दिए । त्यस अवसरमा संस्थामा गएको वर्ष उत्कृष्ठ बचत गर्ने तर्फ ११ तथा उत्कृष्ठ कारोवार गर्ने २६ जना सदस्यलाई पुरस्कृत गरियो भने कर्मचारी तर्फ पुरस्कार तथा सम्मानबाट कमल गड्तौलालाइ स्कोरर अफ द इयर,बिमला गिरीलाई स्कोरर अप द स्वर्णलक्ष्मी फ्रष्ट रनर अप, विनोद घिमीरेलाई सेकेण्ड रनर अप र उत्कृष्ट कर्मचारीका रुपमा बसन्त भट्टराई र हिरो अफ दि स्वर्णलक्ष्मीबाट विनीता खनाललाई नगद,प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
सोहि कार्यक्रममा एसइइ परिक्षामा उत्कृष्ठ हुने सदस्यका छोराछोरीतर्फ क्रमशः सुजल खरेल र अनिशा पराजुलीलाई नगद,प्रमाण-पत्र सहित पुरस्कृत गरियो ।
संस्थाका सचिव बुद्धिसागर वरालले स्वागत मन्तव्य राखेको सो साधारणसभामा नगर प्रमुख ओली, कृषि,सहकारी तथा गरिवी निवारण मन्त्रालय एक नम्बर प्रदेश कार्यालयका सहकारी अधिकृत रामप्रसाद चापागाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अधयक्ष घनश्याम अधिकारी ,जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल, जिल्ला सहकारी संघ मोरङ्गका कोषाध्यक्ष राकेश दाहाल,मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई, पुरस्कृत पत्रकार सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कारोवार ६८ करोड बढी
४ हजार ५ सय ६४ जना शेयर सदस्य रहेको सो सहकारीले गएको वर्ष कुल ६८ करोड ७२ लाख ६० हजार ७ सय ६८ रुपैयाको कारोवार गरेको छ ।
आर्थिक बर्ष २०७४,७५ मा ५६ करोड ३२ लाख २२ हजार ३ सय ७४ रुपैया कुल कारोवार गरेको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्ष भन्दा गतवर्ष कारोवार वृद्धि १२ करोड ३९ लाख ७२ हजार १ सय ३४ रुपैया गर्न सफल भएको प्रतिवेदनमा जनाईएको छ । त्यस्तै, गएको वर्षसम्म ६ करोड ६४ लाख २६ हजार १ सय रुपैया शेयर पूंजी रहेको छ भने आर्थिक बर्ष २०७८,७९ साल सम्म रु १४ करोड पुरयाँउने लक्ष्य राखिएको संस्थाले जनाएको छ । गएको वर्षनै संस्थामा ४४ करोड ७८ लाख ४४ हजार ९ सय ३५ निक्षेप, ५६ करोड ६६ लाख ५ हजार ५३ रुपैया कर्जा लगानी गर्न सफल भएको उल्लेख छ ।
यसैगरि सहकारीले गएको वर्ष विभिन्न कर तर्फ राज्यलाई कुल ४४ लाख २९ हजार ३ सय ५३ रुपैया ६० पैसा बुझाएकाृे व्यवस्थापक घिमीरेले जानकारी दिए । आयकरतर्फ ११ लाख ३८ हजार २ सय ८० ,व्याजकरतर्फ २४ लाख ४ सय ९९ र अन्य विभिन्न कर गरि सो बरावरको राजस्व बुझाईएको हो ।
सीपमुलक रोजगारी कार्यक्रम गरिने
सहकारीले यसवर्ष सीपमूलक विभिन्न जनशक्ति उत्पादन गरि स्वरोजगार वनाउन आफना १३ जना सदस्यहरुलाई विशेष किसिमको तालिमको व्यवस्था गर्ने प्रस्ताव गरेको छ । संस्थाले अनलाइन कम्प्यूटर,व्यूटिपार्लर,नेशनल रेफ्रिजेटर लगायतका सीपमूलक प्रतिष्ठान, व्यवसायिक फर्महरुको सहकार्यमा तालिम दिने नीति ल्याईएको अध्यक्ष न्यौपानेले जानकारी दिए । तालिम पछि सीप हासिल गरेका युवाहरुलाई स्वरोजगार वनाउन संस्थाले सो परियोजनाको ५० प्रतिशत सम्म लगानी गर्ने जनाईएको छ । यसैगरि संस्थाले लामोसमयसम्म निस्कृय रहेका २०६ जना सदस्यको सदस्यता खारेजी समेत गरेको छ भने प्राकृतिक प्रकोप तथा दिर्घ रोगका लागि राहत वितरण लगायतका अन्य सामाजिक कार्य गर्न विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव गरिएको छ ।
यसैगरि संस्थाले एकै प्रकृति अन्य सहकारीहरुसंग मर्जर तथा एक्वीजीसन गर्नका लागि अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय एक सहजीकरण उपसमिति समेत गठन गरिएको जनाईएको छ ।
पत्रकार सुब्बा पुरस्कृत
यसैगरि सहकारीले गतवर्षदेखि वितरण गर्दे आएको सहकारी पत्रकारिता पुरस्कारवाट विष्णु सुब्बा पुरस्कृत भएका छन् ।
सहकारीका क्षेत्रमा लामोसमयदेखि कलम चलाएवापत पत्रकार सुब्बालाई नगद १० हजार तथा सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।
नेपाल पत्रकार महासंघ झापाका पूर्व उपाध्यक्ष समेत भईसकेका पत्रकार सुब्बालाई नगर प्रमुख रोमनाथ ओलीले सम्मान गरेका थिए । पत्रकार सुब्बा दुई दशक देखि दमक क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील छन् । उनी हाम्रो दमक डटकम अनलाईन न्यूज पोर्टलसहित राष्ट्रिय समाचार समिति ( रासस) को जिल्ला प्रतिनिधिका रुपमा समेत कार्यरत रहेका छन् ।

Facebook Comments Box

                     

अरुपनि