सुरुङ्गामा दुर्घटना १ को मृत्यु १४ घाइते

दमक / झापाको कनकाई १ स्थित जुकेकल्भटमा अाज बिहान साढे ९ बजे बस दुर्घटना हुदा १४ जना घाईते १ जनाकाे मृत्युु भएकाे छ ।

मृत्यु हुनेमा झापा भद्रपुर ९ निवासी २६ बर्षिय महिला सुजन पोख्रेलको घटना स्थलमै मृत्युभएको छ भने घाईते भएका १४ जनाकाे विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेकाे छ ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिसा तर्फजादै गरेको यात्रुवाहक बस को १ ख ७२०४ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा स्कुटरमा पछाडि सवार पोखरेलको मृत्युभएको हो । दुर्घटनामा परि एकजना स्कुटर चालक सहित अन्य बसमा सवार यात्रुहरु घाइते बनेका छन ।

साे बस चालक सिराहा गोलबजारका २९ बर्षिय विनोद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Facebook Comments Box

                     

अरुपनि