गोल्डेन गेट साकाेसकाे छैठौं बार्षिक साधारण सभा सम्पन्न

दमक / झापाको दमक ६ मा रहेको गोल्डेन गेट सहकारी संस्थाले छैठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले बिहिबार दमक स्थीत कन्काई पार्टी प्यालेसमा आफ्नो छैठौं बार्षिक साधरणसभा सम्पन्न गरेको हो । जिल्ल बचत तथा ऋण शहकारी संस्था झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष गजेन्द्र निरौलाले ३ करोड ८२ लाख ९७ हजार ९ सय रुयैयाको सेयर पुँजी सहितको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा संस्थाको वित्तिय अवस्थाबारे जानकारी दिदै व्यवस्थापक प्रकाश रिजालले आर्थिक बर्ष २०७५/०७६ मा संस्थाले लिएको लक्ष्य भन्दा बढीनै उपलब्धी हासिल गर्न सफल भएको बताउनुभयो । संस्थाको उत्कृष्ट कारोबार, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचत, र उत्कृष्ट कर्मचारी सहित २९ जनालाई नगद सहित प्रशंसापत्रद्धारा सम्मानित गरिएको थियो । साथै सोही साधरण सभाले पुन गजेन्द्र निरौलाको अध्यक्षमा पहिलेकै कार्य समिति सर्बसम्मत चयन गरेको उपाध्यक्ष रेवतचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments Box

                     

अरुपनि