उधमकाे ११ अाै बार्षिक साधारण सभामा ३० जना सम्मानित

दमक/झापाको दमक ६ स्थित उधम बिकास बचत तथा ऋण सहकारी संस्थाले बुधबार ११ अाैं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ ।
साधारण सभामा संस्थाकी अध्यक्ष चन्द्रा कुमारी खड्काले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख गिता अधिकारी
बिशिस्ट अतिथिमा सहकारी जिल्ला बचत संघका अध्यक्ष घनस्याम अधिकारी अतिथिहरुमा जिल्ला सहकारी संघका लेखा
सुपरिवेक्षण समितिका सदस्य चुडामणी अाेझा, नेप्सकुन फिल्ड दमक कार्यलय प्रमुख साेम दहाल,राष्ट्रिय सहकारी बैकका प्रतिनिधि राेधन गुरुङ्ग विभिन्न सहकारीका प्रतिनिधिहरु लगायत सेयर सदस्यहुरुकाे उपस्थितिरहेकाे थियाे ।

साे कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख गिता अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमकाे उदघाटन गरेकी थिईन भने
कार्यक्रममा संस्थाकाे तर्फबाट स्वागत मन्तब्य संस्थाका सञ्चालन समितिका उपाध्यक्ष रणबहादुर बराईलीले राखेका थिए ।
२०६५ सालमा स्थापना भएकाे साे सहकारीमा हाल १ हजार ४ सय २४ जना शेयर सदस्य रहेका छन् ।

६ करोड ४ लाख ४७ हजार ५ सय ४५ रुपयाँको कारोबार गर्न सफल सहकारीका अध्यक्ष चन्द्रा कुमारी खड्काकाे सभापतित्वमा भएको कार्यक्रममा ५ वाल बचत, २ जेष्ठ नागरिक, ५ उत्कृष्ट कर्जा १ एकल महिला १६ उत्कृष्ट कारोवारकर्ता र १ उत्कृष्ट कर्मचार उत्तम घिमिरे सहित ३० जनालाई सम्मान गरिएको र सभामा अन्तिम सम्म बस्ने सेयर सदस्यहरु मध्येमा गाेला पर्थागरी ३ जना भाग्य साली सेयर सदस्य लाई पुरस्कृत गरिएको संस्था सञ्चालन समिति सदस्य बालकृष्ण श्रेष्ठले जनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख गिता अधिकारी, मेची सहकारीका सचिव लक्ष्मी प्रसाद दाहाल, सुर्यदर्शन सहकारीका अध्यक्ष टीकाराज साप्काेटा लगायतका अतिथिहरुले संस्थाकाे उन्नति प्रगतिकाे कामनाका साथ शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रम संचालन भने संस्थाका सह सचिव बिरेन्द्र पाेख्रेलले गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि