उद्यम बिकास साकोसकाे ११ औं बार्षिक साधरण सभामा प्रस्तुत हुने बार्षिक प्रतिवेदन सार्वजनिक

दमक / झापाको दमकस्थित उद्यम बिकास सहकारी संस्थाले ११ औं बार्षिक साधारण सभामा प्रस्तुत हुने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।
संस्थाले सोमबार आफुनो कार्यलयमा औपचारिक समारोहका बीच प्रतिवेदन सार्वजनिक गरेकोे हो । संस्थाले आगामी ११ गते बुधबार कस्मीक पार्टी प्यालेसमा हुने साधारण सभामा प्रस्तुत हुने प्रतिबेदन आफ्ना सेयर सदस्य बिच सार्बजनिक गरिएको हो । संस्थाको गतीबिधी सेयर सदस्यहरुबिच अग्रिम जानकारी गराउने उदेश्यले सार्बजनिक गरिएको संस्थाका उपाध्यक्ष रणबहादुर बराईलीले बताउनुभयो । सो अवसरमा संस्थाका उत्कृष्ट सदस्य , कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ । सो अवसरमा संस्थाकी अध्यक्ष चन्द्राकुमारी खड्काले हाल सो संस्थामा १४ सय २४ जना सेयर सदस्य रहेको र ६ करोड ४ लाख ४७ हजार ५ सय ४५ रुयैयको बार्षिक वसालत रहेको छ भने कुल बचत नाफा २५ लाख ९१ हजार ८ सय ८० रुयैया रहेको जानकारी दिनुभयोे ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा वित्तिय अवस्थाबारे ंसंस्थाका व्यवस्थापक उत्तम राईले आर्थिक बर्ष २०७५÷०७६ मा संस्थाले लिएको लक्ष्य भन्दा बढीनै उपलब्धी हासिल गर्न सफल भएको बताउनुभयो । संस्थाको बार्षिक साधरण सभामा बिभिन्न बिधामा उत्कृष्ठ हुने १ दर्जन बढीमा सेयर सदस्यहरुलाई पुरस्कृत गरिने जनाइएको छ ।

Facebook Comments Box

                     

अरुपनि